Market Closed

महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी

23 Feb,2021
  • ipo-investment_(1)_1_27_2021_2_32_54_2_23_2021_4_58_25.jpg
नेपाली पैसा

काठमाडौं : महिला लघुवित्तको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार (फागुन १४ गते)  आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी, अझै केही काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट नपठाएकाले अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।

१५ लाख भन्दा धेरै आइपीओ पाउनबाट बञ्चित

यता, महिलाको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् । 

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार २ हजार ५४८ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । डाटा भेरिफिकेसनको काम अझै बाँकी रहेकोे हुनाले यो संख्या थोरै तलमाथी हुनसक्ने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा खुला गरेको मध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो । 
 

Post Your Comment